दर्ता र चलानी (Registration And Dispatch)

दर्ता (Registration)

कार्यालयमा प्राप्त भएका पत्र तथा निवेदनहरुको व्यवस्थित एवं क्रमबद्ध अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ। 
दर्ता गर्दा कार्यालयमा कहिले, कहाँबाट, कुन विषयमा चिठीपत्र/निवेदन प्राप्त भयो भन्ने सम्बन्धमा अभिलेख राख्ने गरिन्छ। 
कार्यालयमा प्राप्त भएका चिठी पत्र/निवेदनहरुको प्रारम्भिक अभिलेख सुरक्षीित राख्न तथा बैधानिकता र आधिकारिकता पुष्टि गर्न दर्ता गर्ने गरिन्छ। 
यो कार्यालय कार्यविधिको प्रारम्भिक चरण हो।
दर्ता सम्बन्धी अभिलेख राखिने किताबलाई दर्ता किताब(Registration Book) भनिन्छ। 
हरेक आर्थिक वर्षका लागि छूट्टाछुट्टै दर्ता किताबको प्रयोग गरिन्छ।
हालका दिनहरुमा कम्प्युटर प्रणालीको प्रयोग गरी दर्ता गर्ने प्रचलन समेत अभ्यासमा छ। 
दर्ता सम्बन्धी कार्य गर्नका लागि प्रत्येक कार्यालयमा दर्ता फाँटको व्यवस्था गरिएको हुन्छ। 
यो मूल दर्ता/गोश्वारा दर्ता र शाखा दर्ता गरी दुई प्रकारको हुन्छ। 

दर्ताको आवश्यकता/महत्व

कार्यालयमा प्राप्त चिठी पत्रहरुको अभिलेख सुरक्षित राख्न, 
पत्र/निवेदनहरु आवश्यकता परेका बखत सजिलै प्राप्त गर्न,
व्यवस्थापनलाई आवश्यक सूचना उपलब्ध गराउन, 
भविष्यमा प्रमाणको रुपमा पेश गर्न, 
कार्यालयका शाखाहरुलाई कार्य बोझबारे जानकारी गराउन,
कार्य सम्पादनको आधार तय गर्न,
अभिलेख व्यवस्थापनमा प्रभावकारीता हासिल गर्न । 

दर्ता किताबको ढाँचा


दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरु

प्राप्त पत्र/निवेदन आफ्नो कार्यालयसँग सम्बन्धित छ/छैन बिचार गर्नुपर्दछ,
प्राप्त पत्र/निवेदन आधिकारिकता र रीत पुगे नपुगेको हेर्नुपर्दछ,
म्याद जाने खालका निवेदन/पत्रहरुको तोकिएको म्याद भित्र आए नआएको हेर्नुपर्दछ, 
दर्ता किताबको महलहरुमा पुरा विवरण उल्लेख गर्नु पर्दँ र प्राप्त पत्र/निवेदनमा दर्ता नम्बर र दर्ता मिति उल्लेख गर्नुपर्दछ, 
पत्रको प्रकृति (तुरुन्त, अति जरुरी, जरुरी, साधारण, गोप्य, अतिगोप्य) हेरी तदनुरुप दर्ता गर्नुपर्दछ,
दर्ता गरिसकेपछि उक्त पत्र/निवेदन सम्बन्धित शाखामा पठाउनु पर्दछ।

चलानी (Dispatching)

कार्यालयबाट विभिन्न निकाय वा व्यक्तिलाई पठाइने चिठी पत्रहरुको व्यवस्थित एवम् क्रमबद्ध अभिलेख राख्ने कार्यलाइ चलानी भनिन्छ। 
→  कार्यालयबाट बाहिरिएका चिठी पत्रहरुको अभिलेख सुरक्ष‍ित राख्न तथा बैधानिकता र आधिकारिकता पुष्टि गर्न चलानी गर्ने गरिन्छ। 
कार्यालयबाट कहिले, कहाँ, कुन विषयमा कसरी चिठी पत्र पठाइएको हो भन्ने सम्बन्धमा अभिलेख राख्ने किताबलाई चलानी किताब भनिन्छ। 
हरेक आर्थिक वर्षका लागीि फरक फरक चलानी किताबको प्रयोग गरिन्छ। 
चलानी सम्बन्धी कार्य गर्नका लागि प्रत्येक कार्यालयमा चलानी फाँटको व्यवस्था गरिएको हुन्छ। 
हालका दिनहरुमा कम्प्युटर प्रणालीको प्रयोग गरी चलानी गर्ने प्रचलन समेत अभ्यासमा छ। 
यो मूल/गोश्वारा चलानी र शाखा चलानी गरी दुई प्रकारको हुन्छ।


चलानीको आवश्यकता/महत्व

→  पत्रलाई आधिकारिकता प्रदान गर्न,
कार्यालयबाट अन्यत्र पठाइएका पत्रहरुको अभिलेख सुरक्षित राख्न, 
व्यवस्थापनलाई आवश्यक सूचना उपलब्ध गराउन, 
→  भविष्यमा प्रमाणको रुपमा पेश गर्न, 
कार्यालयको कार्य सम्पादनमा सहजीकरण गर्न, 
अभिलेख व्यवस्थापनमा प्रभावकारिता हासिल गर्न । 


चलानी किताबको ढाँचा



चलानी गर्दा ध्यान दिनुपर्ने कुराहरु

चलानी गरिने पत्रको विषय तथा विवरण स्पष्ट भए नभएको हेर्नु पर्दछ, 
चलानी गरिने पत्रमा पत्र पठाउने र पाउनेको नाम, ठेगाना प्रष्ट भए नभएको हुर्नुपर्दछ,
पत्रको मिति, पत्रसंख्या, छाप, अधिकारीको नाम र हस्ताक्षर छ छैन विचार गर्नुपर्दछ,
चलानी कितानको महलहरुमा तोकिएको विवरण भर्नु पर्दछ,
प्रेषित गरिने पत्रमा चलानी नं. उल्लेख गर्नु पर्दछ,
पत्रको खाममा प्रेषक र प्रापकको नाम, ठेगाना, पत्र संख्या तथा चलानी नम्बर उल्लेख गर्नुपर्दछ,
जरुरी, अति जरुरी, तुरुन्त तथा गोप्य/अति गोप्य भए पत्रको शीर्ष भाग र बाहिरी खाममा सो समेत उल्लेख गर्नु पर्दछ,
चलानी गरिएको पत्रलाई फ्याक्स, इमेल, हुलाक, कार्यालय सहयोगी जस्ता माश्यमबाट सम्बन्धित कार्यालयमा पठाउनु पर्दछ र सोको अभिलेख समेत चलानी किताबमा राख्नु पर्दछ।

नेपालमा दर्ता चलानी सम्बन्धी समस्याहरु

चिठीको  पूरा विवरण उल्लेख नगरी दर्ता चलानी गरिन्छ,
दर्ता चलानी सम्बन्धी स्पष्ट कार्यविधि छैन,
कार्यालयमा दर्ता चलानी सम्बन्धी कार्यले प्राथमिकता नपाउनु,
सबै कार्यालयहरुमा दर्ता चलानी फाँटको व्यवस्था नहुनु,
बिच बिचमा क्रम संख्या छोडेर दर्ता चलानी गरिनु,
दर्ता चलानी फाँटमा उत्प्रेरित कर्मचारीको अभाव,
कम्प्युटरीकृत दर्ता चलानी प्रणाली अनुशरण गर्न नसक्नु । 

Post a Comment

0 Comments