लोकशेवा तयारी विशेषः वस्तुगत प्रश्नोत्तर (९ बैशाख, २०८३)

  बैशाख, २०८३ मा गोरखापत्रमा टङ्क केसीद्वारा प्रकाशित लोकसेवा तयारी विशेषः वस्तुगत प्रश्नोत्तर

१. जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ जैविक विविधता रेडपाण्डाथार अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना कहाँ गरियो ?
⟶ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङ
⤷ आयोजना मिति : विसं २०८३ वैशाख ४
⤷ आयोजक : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका । 
⤷ समन्वय : कोशी प्रदेश सरकार, वन्यजन्तु विभाग, वन तथा भूसंरक्षण विभाग र रेडपाण्डा नेटवर्क ।
⤷ सहभागी राष्ट्रहरू : नेपालसहित भारत, भुटान, बङ्गलादेश, अमेरिका, अस्ट्रेलिया, जर्मनी (पश्चिम एसिया युद्धका कारण प्रतिबद्धता जनाएका अन्य २३ मुलुक भने सहभागी हुन सकेनन्) ।
⤷ मुन्दुम ट्रेल : सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने खोटाङको प्रमुख पदमार्ग । यसको लम्बाइ करिब १०७ किलोमिटर रहेको । यसलाई अब रेडपाण्डाथार पदमार्गका रूपमा प्रवर्धन गरिने भएको छ।
⤷  समुदायमा आधारित संरक्षण : दिक्तेल रूपाकोट मझुवागढी१० (पाथेका) र केपिलासगढी गाउँपालिका१ (फेदी) मा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ । 

२. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२६ अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?

⟶ २.७ प्रतिशत

⤷ सरकारको लक्ष्य : चालु वर्षका लागि ३.५ प्रतिशत (बजेटको अर्धवार्षिक समीक्षामार्फत) ।

⤷ एडिबीको प्रक्षेपण : आर्थिक वर्ष २०८३/८४ मा भने वृद्धिदर सुधार भई करिब ५ प्रतिशत पुग्ने अनुमान छ ।

⤷ गत आर्थिक वर्ष २०८१/८२ को वृद्धिदर ४.६ प्रतिशत रहेको थियो ।

⤷ विसं २०८२ भदौ २३ र २४ को ‘जेनजी आन्दोलनपछि आएको आर्थिक शिथिलता, ढिलो मनसुन तथा बाढीका कारण कृषि क्षेत्र (विशेष गरी धान उत्पादनमा करिब ४.२ प्रतिशत) मा आएको गिरावट, मध्यपूर्वमा हाल जारी सैन्य तनाव र उद्योग क्षेत्रमा सुधार नआउनु आर्थिक वृद्धिदर सुस्त हुनुका मुख्य कारणहरू जनाइएको छ । 

⤷ चालु आर्थिक वर्षमा मुद्रास्फीति करिब ३.७ प्रतिशत रहने एडिबीको अनुमान छ । आगामी वर्ष बढेर करिब ४.५ प्रतिशत पुग्न सक्ने छ ।

 

३. प्रतिनिधि सभाको उपसभामुख पदमा चयन हुन सफल प्रतिनिधि सभा सदस्य को हुन् ?

⟶ रुबीकुमारी ठाकुर (विसं २०८२ चैत २७ मा चयन) ।

⤷ ठाकुर श्रम संस्कृति पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।

⤷ ऐतिहासिक कीर्तिमान : २५ वर्षकै उमेरमा चयन भई सबैभन्दा कम उमेरमा उपसभामुख बन्ने नयाँ कीर्तिमान कायम भएको छ ।

⤷ प्राप्त मत परिणाम : पक्षमा अत्यधिक बहुमत अर्थात् २२९ मत प्राप्त ।

⤷ समर्थन गर्ने प्रमुख दलहरू : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टी ।

⤷ निकटतम प्रतिस्पर्धी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामा (लामालाई ५ मत प्राप्त भएको छ) ।


४. चर्चित बलिउड तथा पाश्र्व गायिका आशा भोसलेको निधन कहिले भएको हो ?

⟶ सन् २०२६ अप्रिल १२ (९२ वर्षको उमेरमा) ।

⤷ हृदयाघातका कारण मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा मृत्यु भएको हो ।

⤷ जन्म र साङ्गीतिक सुरुवात : सन् १९३३ सेप्टेम्बर ८ मा महाराष्ट्रमा जन्म । मात्र १० वर्षको उमेरमा (सन् १९४३ मा) मराठी चलचित्रबाट साङ्गीतिक यात्रा सुरु ।

⤷ विश्व कीर्तिमान : सन् २०११ मा ‘गिनिज बुक अफ वल्र्ड रेकड्र्सद्वारा सङ्गीत इतिहासमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने गायिकाको औपचारिक मान्यता ।

⤷ नेपाली, हिन्दी, मराठी, बङ्गालीलगायत २० भन्दा बढी स्वदेशी तथा विदेशी भाषामा हजारौँ गीत रेकर्ड ।

⤷ चर्चित नेपाली गीतहरू : मोहनी लाग्ला है (चिनो), यो हो मेरो प्राणभन्दा प्यारो (माइतीघर), पहाडको माथि माथि (लाहुरे), गैरी खेतको सिरै हान्यो (प्रेमपिण्ड) आदि ।

⤷ सम्मान/पुरस्कार : दादासाहेब फाल्के पुरस्कार (सन् २०००) र पद्म विभूषण (सन् २००८) ।

⤷ पारिवारिक सम्बन्ध : प्रख्यात गायिका लता मङ्गेसकरकी बहिनी तथा प्रख्यात सङ्गीतकार राहुल देव बर्मन (आरडी बर्मन) सँग विवाह ।

 

५. स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड२०८२ कसलाई प्रदान गरियो ?

⟶ डा. उमाकान्त तिवारी (प्रमुख विशेषज्ञ, स्वास्थ्य सेवा कार्यालय, हुम्ला) 

 

६. नेपालमा तेस्रो पुतली गणना अभियानको सञ्चालन अवधि कुन हो ?

⟶ सन् २०२५ मार्च ३३१

⤷ थिम : बटरफ्लाई म्याराथुन

 

७. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

⟶ विसं २०४७ चैत ४

⤷ विसं २०८२ चैत ४ मा कोष ३५ वर्ष पूरा गरी ३६ औँ वर्षमा प्रवेश गरेको छ   

 

८. पारदर्शिताको प्रवर्धन गरी प्रभावकारी सरकार बनाउने उद्देश्यका साथ ओपन गभर्नमेन्ट पार्टनरसिप (ओजिपी) को स्थापना कहिले गरिएको हो ?

⟶ सन् २०११ सेप्टेम्बर २०

 

९. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?

⟶ द्रविड 


१०. डा. महेशराज पन्त सम्मान२०८२बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

⟶ प्राडा सुरेन्द्र केसी

⤷ नेपालका विशिष्ट विद्वान्, इतिहासविद् तथा लिपिविज्ञ धनवज्र वज्राचार्यको जन्मजयन्तीको अवसर पारेर विसं २०८२ चैतमा यी सम्मान प्रदान गरिएको हो ।

⤷ धनवज्र प्रज्ञा सम्मान : प्राडा रमेश ढुङ्गेल

 धनवज्र शोध सम्मान : पदम सुन्दास

 धनवज्र वज्राचार्य शोधसम्मान : प्राडा ज्ञानबहादुर कार्की र सहप्राध्यापक सन्ध्या खनाल पराजुली

 प्रधानाध्यापक कृष्णबहादुर मानन्धर स्मृति सम्मान : पार्थिवेश्वरप्रसाद तिमिल्सिना

 विज्ञानका कुरा सम्मान : वैज्ञानिक मुकेशकुमार चालिसे

 अच्युतरमण अधिकारी स्मृति साहित्यिक सम्मान : सूर्यरमणप्रसाद लाकजू

 

११. नासाद्वारा चन्द्रमाका लागि पठाइएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्किएको हो

⟶ सन् २०२६ अप्रिल १० 

 प्रक्षेपण मिति : सन् २०२६ अप्रिल १ (नासाको केनेडी स्पेस सेन्टरबाट) ।

 अवतरण मिति : सन् २०२६ अप्रिल १० (प्रशान्त महासागरमा सुरक्षित अवतरण) ।

 मिसन अवधि : १० दिन– चन्द्रमाको परिक्रमा गरी सफलतापूर्वक पृथ्वी फिर्ता) ।

 कुल दुरी : पृथ्वीबाट ४,०६,७७१ किलोमिटर (२५२,७५६ माइल) टाढा पुगी नयाँ मानव कीर्तिमान कायम गरेको छ ।

 अन्तरिक्षयान : ‘स्पेस लन्च सिस्टमरकेट र ओरायनक्याप्सुलको प्रयोग ।

 चालक दल : ४ जना (रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सन) ।

 प्रमुख उपलब्धि : ५० वर्षभन्दा बढीको समयपछि चन्द्रमाको कक्षमा पुग्ने पहिलो मानवसहितको मिसन ।

 ऐतिहासिक सहभागिता : चन्द्रमाको यात्रामा पहिलो पटक महिला (क्रिस्टिना कोच) र अश्वेत व्यक्ति (भिक्टर ग्लोभर) को सफल सहभागिता ।

 

१२. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?

⟶ शैलजा आचार्य

 

१३. तेक्वान्दो खेललाई आधिकारिक रूपमा ओलम्पिकमा कहिलेदेखि समावेश गरिएको हो ?

⟶ सन् २००० को सिड्नी ओलम्पिकदेखि

 

१४. हाल गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा को चयन भएका छन् ?

⟶ डा. हेमराज शर्मा 

 वरिष्ठ उपाध्यक्ष : रोविनप्रसाद शेरचन

 महासचिव :  डा. चिरञ्जीवी खड्का 

 सम्मेलन आयोजना : विसं २०८२ फागुन ३०–चैत्र २ (सन् २०२६ मार्च १४१६), काठमाडौँ

 नारा : हाम्रो एकता, समृद्धिको आधार 

 सम्मेलनले १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । 

 

१५. डार्विनको प्राकृतिक छनोटको सिद्धान्त भनेको के हो ?

⟶ बढी उन्नतिशील जीवको छनोट र कम उन्नतिशील जीवको विनाश प्रकृतिबाट हुने प्रक्रिया 

 

१६. जापानी भाषामा प्रकाशित पहिलो नेपाली कृति सेतो बाघहो भने कोरियन भाषामा प्रकाशित पहिलो नेपाली कृति कुन हो ?

⟶ पल्पसा क्याफे 

 

१७. सरकारले आफ्नो १०० दिने कार्यसूची अनुसार तयार पारेको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा आगामी ५ वर्षभित्र नेपालको प्रतिव्यक्ति आय कति पुर्‌याउने लक्ष्य रहेको छ ?

⟶ ३ हजार अमेरिकी डलर (विसं २०८३ वैशाख १ गते प्रस्तुत)

            अर्थतन्त्र र विकास लक्ष्य    

 आर्थिक वृद्धि :  आगामी ५ वर्षभित्र औसत आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याइने । 

 प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर र जीडिपी १०० अर्ब डलर नजिक पु¥याइने ।

 गरिबी निवारण : हालको बहुआयामिक गरिबीलाई घटाएर १० प्रतिशत कायम गर्ने ।

 कर नीति : व्यावसायिक वातावरण तय गर्न आगामी १० वर्षसम्म करका दरहरू स्थिर राखिने ।

⤷ रोजगारी : आगामी ५ वर्षमा १५ हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य ।

 रिमोट वर्क र सीमापार सेवा निर्यातलाई प्रोत्साहन । 

            सुशासन/प्रशासनिक सुधार      

 मन्त्रालय कटौती : हालको सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १७ वटामा सीमित गर्ने ।

⤷ सम्पत्ति छानबिन : वि.सं. २०४६ सालपछिका सबै सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने ।

 प्रशासनिक पुनर्संरचना : आगामी ५ वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भिœयाउने ।

 सेवा प्रवाह : सार्वजनिक सेवामा ‘टाइम कार्डर कागजविहीन डिजिटल प्रणाली लागु गर्ने ।

 राष्ट्रिय योजना आयोगलाई थिङ्क ट्याङ्क ढाँचामा लगिने । 

 उच्चस्तरीय प्रशासन संरचना पुनरवलोकन आयोग गठन । 

            परराष्ट्र, ऊर्जा र पूर्वाधार नीति

 परराष्ट्र नीति : कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने । ‘नेपाल प्रथम र नेपाली प्रथमको अवधारणालाई पूर्णरूपमा आत्मसात् गर्ने ।

 ऊर्जा लक्ष्य : आगामी एक दशक (१० वर्ष) मा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राख्ने ।

⤷ पूर्वाधार लगानी : ठूला पूर्वाधार विकासका लागि वार्षिक १ खर्ब रुपियाँ बराबरको ‘डायस्पोरा बन्डजारी गर्ने ।

⤷ राजमार्ग स्तरोन्नति : पूर्व–पश्चिम (महेन्द्र) राजमार्गलाई ३ वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्ने ।

            स्वास्थ्य, शिक्षा, प्रविधि र कृषि 

 राष्ट्रिय आरोग्य वर्ष : सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्षका रूपमा मनाउने ।

 स्वास्थ्य बजेट : विसं २०८८ सम्ममा कुल बजेटको ८ प्रतिशत स्वास्थ्यतर्फ विनियोजन गर्ने ।

 शिक्षा नीति : विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै मोडेललागु गर्ने ।

            कृषि तथा सामाजिक सुरक्षा :

⤷ किसान क्रेडिट कार्ड, बिमा र योगदानमा आधारित किसान पेन्सन लागु गर्ने ।

⤷ आइटी प्रवर्धन बोर्ड गठन ।

            सामाजिक न्याय तथा समावेशीकरण

 राज्यका तर्फबाट विगतका विभेदप्रति औपचारिक क्षमायाचना । 

 सबै तहमा महिलाको अर्थपूर्ण सहभागिता र समान ज्याला । 


प्रस्तुतकर्ता : टङ्क केसी

Post a Comment

0 Comments