Information Technology Emergency Response Team Operation and Management Directive (ITERT)

सुचना प्रविधि आकस्मिक सहायता सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५
Information Technology Emergency Response Team Operation and Management Directive

⟶ सुचना प्रविधिको विकससँगै देखिएको साइबर सुरक्षाको जोखिम पहिचान तथा न्यूनीकरण गर्न र आकस्मिक साइबर सुरक्षाको व्यवस्था गर्न यो निर्देशिका जारी गरिएको हो।

राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह गठन

⟶ साइबर सुरक्षा सम्बन्धी घटनामा तत्काल सहायताका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रालयको सहसचिवको संयोजकत्वमा १२ सदस्यीय राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह गठन हुने व्यवस्था रहेको

सहायता समूहको काम, कर्तव्य र अधोकार (Right, duties and responsibility)

⟶ मानवीय तथा प्राकृतिक कारणले सूचना प्रविधी प्रणाली बन्द भएमा यथाशीघ्र पुनः सञ्चालन गर्ने
⟶ नेपालभित्र साइबर सुरक्षाको प्रभावकारी सञ्चालन गर्ने
⟶ साइबर सुरक्षा सम्बन्धी घटनाहरुको लागि २४ घन्टा उपलब्ध हुने गरी सम्पर्क बिन्दुको रुपमा रही कार्य गर्ने
⟶ साइबर सुरक्षा सम्बन्धी घटनाको अनुसन्धान गरी समाधान गर्ने
⟶ साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने
⟶ निर्देशक समितिले तोकेको अन्य कार्य गर्ने

निर्देशक समिति

⟶ राष्ट्रिय सहायता समूहको काम कारबाही अनुगरमन गर्न तथा आवश्यक निर्देशन दिन मन्त्रालयका सचिवको संयोजकत्वमा १३ सदस्यीय एक निर्देशक समिति तहने व्यवस्था

निर्देशक समितिको काम, कर्तव्य र अधिकार

⟶ राष्ट्रिय सहायता समूहको सञ्चालनका लागि नीति तथा रणनीति बनाउने
⟶ राष्ट्रिय तथा क्षेत्रीय सहायता समुहको काम कारबाहिको नियमित अनुगमन गर्ने
⟶ सहायता समूहको काममा आइलागेका समस्याको निराकरणका लागि सहजीरण गर्ने
⟶ सहायता समूहलाई निर्देशन दिने
⟶ सहायता समूहले पेश गरेको कार्यबिधि स्वीकृत गर्ने
⟶ नेपाल सरकारले तोकेका अन्य काम गर्ने

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र

⟶ राष्ट्रिय साइबर सुरक्षाको अनुगमनका लागि नेपाल सरकारले स्थापना गर्ने
⟶ निम्न विषयको अनुगमन गर्ने
     सूचना तथा सञ्चार पूर्वाधारमा हुन सक्ने सुरक्षा चुनौती तथा खतरा सम्बन्धी
    ⤷ सरकारी वेबसाइट, वेब एप्लिकेशन, वेब सर्भिस आदिमा हुन सक्ने चुनौती र खतरा सम्बन्धी
    ⤷ कुनै व्यक्ति तथा संस्थाले अनुरोध गरेमा निजको सुचना तथा सञ्चार प्रणाली सम्बन्धी
   
⤷ नेपालभित्र रहेका सूचना प्रविधि प्रणालीमा हुन सक्ने सम्भावित क्षति तथा आक्रमणको पुर्व         सुचना सम्बन्धी
   
⤷ निर्देशक समितिले तोकेका अन्य विषय

Post a Comment

0 Comments