सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८Government Website Development and Management Directive, 2078
⟶ सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले निर्देशिका जारी गरेको हो।
सरकारी कार्यालयका वेबसाइट निर्माण गर्दा विचार पुर्याउनुपर्ने ४ कुराहरु
⟶ नेपालको संविधान वा प्रचलित कानून विपरीत हुन नहुने⟶ कुनै वर्ग, जात/जाति, धर्म, लिङ्ग वा सम्प्रदायमा प्रतिकुल असर पार्ने वा सामाजिक शान्ति वा सद्भाव मा खलल पार्ने सामग्री राख्न नहुने
⟶ प्रचलित कानून बमोजिम गोपनीयता कायम गर्नुपर्ने
⟶ विद्युतीय कारोबार ऐन, २०६३ को विद्युतीय अभिलेख र डिजिटल हस्ताक्षरको प्रावधान प्रतिकुल हुन नहुने
वेबसाइटमा राखिने विषयवस्तु (Content)
⟶ कार्यालयको दृष्टिकोण, लक्ष्य र उद्देश्य⟶ कार्यालय प्रमुख, प्रवक्ता, सूचना अधिकारी, गुनासओ सुन्ने अधिकारीको परिचय र जिम्मेवारी
⟶ सम्बन्धित जिम्मेवार कर्मचारीको विवरण र सम्पर्क नम्बर
⟶ कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी सूचनामुलक विवरण
⤷ कार्यालयबाट प्रवाह हुने सेवाको विवरण
⤷ नागरिक वडापत्र
⤷ सेवाहरुको सूची तथा विवरण
⤷ सेवा प्राप्त गर्ने कार्यविधि
⤷ सेवा प्राप्त गर्न पुरा गर्नुपर्ने सर्तहरु
⤷ सेवा प्रदान गर्न फाराम भर्नुपर्ने भइमा डाउनलोड गर्न सकिने ढाँचामा (downloadable format)
⟶ कार्यालयको काम कारबाहीबारे जानकारी गराउने विषयवस्तु
⤷ कार्यालयको सामान्य जानकारी
⤷ सम्पर्क स्थान र ठेगाना
⤷ बारम्बार सोधिने प्रश्नहरु (FAQ)
⤷ सुझाव तथा गुनासो पठाउने व्यवस्था
⤷ कार्यालयबाट प्रकाशित सूचना, टेन्डर र विज्ञाप्तिहरु
⤷ साइट म्याप
⤷ अद्यावधिक (update) मिति
⤷ अनलाइन सेवाहरुको लिंक
⤷ सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत सार्वजनिक गर्नुपर्ने विषय (Proactive disclosure)
वेबसाइट निर्माण तथा प्रकाशन(development and publishing) सम्बन्धमा गरिएको व्यवस्था
⟶ सबै सरकारी कार्यालयको वेबसाइटमा एकरुपता(Uniformity) कायम गर्ने नमुना (template) को प्रयोग गर्ने⟶ User friendly हुनुपर्ने
⟶ वेबसाइटमा सामग्रीको प्राथमिकीकरण हुनुपर्ने
⟶ कुनै सामग्रीको पहुँचमा पुग्न ३ पटक भन्दा बढी क्लिक गर्नु नपर्ने व्यवस्था हुनुपर्ने(Depth link)
⟶ वेबसाइटमा प्रकाशित सामग्रीको समाप्ति मिति उल्लेख गरी सो मिति पछि अभिलेखीकरण हुने व्यवस्थघा गर्नुपर्ने
⟶ वेबसाइटमा सामग्रीहरु HTML, Word अथवा PDF format मा हुनुपर्ने
⟶ सामग्रीहरु सजिलै प्रिन्ट गर्ने सकिने हुनुपर्ने
⟶ वेबसाएएटको सुरक्षा जोखिमको परीक्षण गर्नुपर्ने
⟶ सामग्रीहरु नेपाली युनिकोडमा र सम्भव भएसम्म अंग्रेजीमा राख्नु पर्ने
⟶ सरकारी निकायको वेबसाइट सम्बन्धीत निकायले नै update गर्ने व्यवस्था हुनुपर्ने
⟶ सरकारी इमेल हेर्न सकिने व्यवस्था गर्ने
⟶ Low bandwidth मा खुल्ने मोडको व्यवस्था गर्ने
⟶ Responsive design हुनुपर्ने
⟶ आवश्कता अनुसार फन्ट साइज घटाउन वा बढाउन मिल्ने हुनुपर्ने
⟶ मिति र समय नेपालीमा देखाउनुपर्ने
⟶ सामाजिक सन्जालसँग आबद्ध गराउनुपर्ने / Social Medial को लिङ्क राख्नु पर्ने
⟶अनिवार्य रुपमा Secured Socket Layer (SSL) को प्रयोग गर्नुपर्ने
⟶ प्राथमिकता क्रम अनुसार लिंक राख्नुपर्ने
⟶ अपांगता भएको व्यक्तिको पहुँच हुने गरी बनाउनुपर्ने
⟶ सरकारी वेबसाइट सरकारी एकीकृत डाटा सेन्टरमा होस्ट गर्नुपर्ने
⟶ वेबसाइटको source code, technical document, username र password, user manual सम्बन्धित कार्यालयले राख्नुपर्ने
वेबसाइट प्रयोगको मुल्याङ्कन
⟶ समय समयमा वेबसाइटको मुल्याङ्कन गर्ने वा गराउनुपर्ने⟶ मुल्याङ्कन गर्दा देहायको आधार लिनुपर्ने
⤷ Unique IP को आधारमा unique visitor संख्या बढे नबढेको जानकारी राख्ने
⤷ धेरै अवलोकन गरिएका पृष्ठहरु छिटो update गर्ने र record राख्ने
⤷ थोरै अवलोकन गरिएका पृष्ठहरुको record राख्नेर आवश्यकता अनुसार सुधार गर्ने
⤷ धेरै download गरिएका file हरुको record राख्ने
⤷ थोरै download गरिएका file हरुको record राख्ने र आवश्यकता अनुसार सुधार गर्ने
⤷ Bandwidth utilizationको record राख्ने
⤷ Unique IP अनुसार visitor frequency को record राख्ने
वेबसाइट update सम्बन्धी व्यवस्था
⟶ राजपत्रमा प्रकाशित कानून ३ दिनभित्र, नीति, कार्यक्रम तथा योजना स्वीकृत भएको ७ दिन भित्र update गर्नुपर्ने⟶ राखिसकेको सूचना परिवर्तन गर्नुपरेमा राखेको ३ दिनभित्र update गर्नुपर्ने
⟶ कार्यालयको ठेगाना वा पदाधिकारी परिवर्तन भएका २४ घण्टाभित्र update गर्नुपर्ने
0 Comments