MoCIT (Ministry of Communication and Information Technology)


सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

MoCIT (Ministry of Communication and Information Technology)

⟶ स्थापनाः विं.सं. २०२८ साउन १
⟶ कार्यालयः सिंहदरबार, काठमाडौं
⟶ प्रशासन सुधार सम्बन्धी वि.सं. २००९ को प्रतिवेदनको सुझाव अनुरुप २०२८ सालमा सञ्चार मन्त्रालयको स्थापना भयो
⟶ नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ बमोजिम साविक सूचना तथा सञ्चार मन्त्रालयमा सूचना प्रविधि क्षेत्र समेत थप गरी मन्त्रालयको नाम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय कायम भयो।

मन्त्रालयको दीर्घकालीन सोच (Long term vision)

⟶सञ्चार तथा सुचना प्रविधिको क्षेत्रमा विकसित नविन प्रविधिको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि (Prosperity) हासिल गर्ने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सम्बद्ध निकायहरु(Agency/institution under MoCIT)

⟶ राष्ट्रिय सूचना आयोग
    
सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्त्वका सूचनाहरुको अभिलेख, लिखत तथा अन्य सामग्रीको अध्ययन तथा अवलोकन गेने
    
नागरिकको जानकारीका लागि सूचना सार्वजनिक गर्ने सम्बन्धित सार्वजनिक निकायलाई आदेश दिने
⟶ प्रेस काउन्सिल नेपाल
    
प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिने पत्रकारिता सम्बन्धी आचारसंहिता तोक्‍ने
⟶ नेपाल दुरसञ्चार प्राधिकरण
    
 दुरसञ्चार सेवा तथा सुविधा सर्वसुलभ र भरपर्दो बनाउने
     दुरसञ्चार सेवालाइ नियमित र व्यवस्थित गर्ने
⟶ नेपाल दुरसञ्चार कम्पनी लिमिटेड
     दुरसञ्चार सेवाको पूर्वाधार विकास
    ⤷ दुरसञ्चार सेवाको सञ्चालन र विस्तार
⟶ न्यूनतम पारिश्रमिक निर्धारण समिति
     श्रमजीवि पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण गर्ने
⟶ नेपाल टेलिभिजन
    ⤷ श्रव्यदृश्य सामग्री उत्पादन तथा प्रसारण गर्ने
    ⤷ प्रसारण सम्बन्धी अनतर्राष्ट्रिय संघ संस्थाहरुसंग सहकार्य गर्ने
⟶ चलचित्र विकास बोर्ड
     चलचित्र क्षेत्रको विकासका लागि आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने गराउने
     नेपाली कला र संस्कृतिको जगेर्ना हुने किसिमका चलचित्र निर्माण गर्ने वातावरणको सृजना गर्ने
     चलचित्रको विकास र प्रवर्द्धन गर्नका लागि योजना तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने
⟶ रेडियो नेपाल
     सर्टवेभ, मेडियमवेभ र एफ. एम. सेवाका माध्यमबाट सुचनामुलक, शिक्षामुलक र             मनोरञ्जनपुर्ण कार्यक्महरु प्रसारण गर्ने
     राष्ट्रिय प्रसारण संस्थाको रुपमा कार्य गर्ने
    ⤷ प्रसारणको पहुँच नेपाल भर विस्तार गर्ने
⟶ मुद्रण विभाग
     नेपाल राजपत्र लगायत छपाइ सम्बन्धी कार्य गर्ने
⟶ सुचना तथा प्रसारण विभाग
     सुचना सामग्रीको अभिलेख
     सुचना प्रवाहको व्यवस्था
     प्रस तथा सुचना समन्वय
     फोटोग्राफी
     प्रकाशन तथा वितरण
⟶ हुलाक सेवा विभाग
     चिठ्ठीपत्रहरु सम्बन्धितसमक्ष पूर्याउने
     हुलाक टिकट प्रकाशन गर्ने
     बचत बैंक सञ्चालन गर्ने
⟶ सुचना प्रविधि विभाग
⟶ सुरक्षण मुद्रण विकास समिति
⟶ राष्ट्रिय सूचना प्रविधि केन्द्र (एकिकृत डाटा व्यवस्थापन केन्द्र)
⟶ राष्ट्रिय समाचार समिति
⟶ गोरखापत्र संस्थान
⟶ प्रमाणिकरण नियन्त्रकको कार्यालय

सञ्चार तथा सूचना प्रविधी मन्त्रालयको कार्यक्षेत्र
⟶ सञ्चार तथा सूचना प्रविधि सम्बन्धी नीति, कानून कार्यान्वयन र नियमन
⟶ सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अध्ययन तथा अनुसन्धान
⟶ रेडियो, टेलिभिजन, छापा सञ्चार सम्बन्धी नीति, कानून, मापदण्ड निर्माण
⟶ राष्ट्रिय स्तरका रेडियो, टेलिभिजन अनुमति, नवीकरण तथा नियमन
⟶ राष्ट्रिय विज्ञापन नीति निर्माण
⟶ हुलाक सम्बन्धी नीति तथा कानून निर्माण
⟶ हुलाक टिकट प्रकाशन
⟶ चलचित्र र सिनेमा सम्बन्धी नीति तथा कानून निर्माण
⟶ सुरक्षण मुद्रण
⟶ नेपाल राजपत्रको मुद्रण तथा वितरण
⟶ पत्रपत्रिका सम्बन्धी आचारसंहिता
⟶ साइबर सुरक्षा
⟶ भूउपग्रह उपयोग
⟶ राष्ट्रिय सूचना आयोग
⟶ अनलाइन मिडियासम्बन्धी नीति, कानून र मापदण्ड

Post a Comment

0 Comments