लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (८ असोज २०८२)

८ असोज २०८२ मा गोरखापत्रमा टङ्क केसीद्वारा प्रकाशित लोकसेवा तयारी विशेषः वस्तुगत प्रश्नोत्तर



१. ‘बालन डी ओर’ अवार्ड २०२५ विजेता खेलाडीको हुन्?

⟶ पुरुषतर्फ : ओस्मान डेम्बेले (फ्रान्सका फरवार्ड)
⟶ महिलातर्फ : आइताना बोनमती (स्पेन, लगातार तेस्रो पटक जितेकी)
अन्य विजेता
⤷ उत्कृष्ट पुरुष टोली : पिएसजी
⤷ उत्कृष्ट प्रशिक्षक : लुइस एनरिके
⤷ उत्कृष्ट गोलरक्षक : डोनारुमा

२. नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ?


⟶ मनोज सिलवाल
⤷ विसं २०८२ असोज ५ गतेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको ।
⤷ प्राधिकरणमा उपकार्यकारी निर्देशकको जिम्मेवारी समालिसकेका सिलवालले विभिन्न प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका ।
⤷ यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रूपमा नियुक्त गरिएको ।

३. सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा कसलाई चयन गर्यो‍ ?

⟶ एआइजी मनोज केसी
⤷ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई चयन गरिएको ।
⤷ डा. केसी यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत हुनुहुन्थ्यो ।
⤷ डा. केसीले भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धानको नेतृत्व गर्नुभएको थियो ।
⤷ केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख चन्द्रकुवेर खापुङ आइजिपी बनेपछि त्यहाँ प्रमुखको पद रिक्त थियो ।

४. जेनजी आन्दोलन (विसं २०८२ भदौ २३–२४) को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग कहिले गठन गरिएको हो ?

⟶ विसं २०८२ असोज ५
⤷ असोज ५ मा बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको ।
⤷ सदस्यहरूमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको ।
⤷ आयोगको कार्यावधि तीन महिना तोकिएको ।

५. दुधकोशी–२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

⟶ ७० मेगावाट
⤷ आयोजना सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने ।
⤷ यो आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको ।
⤷ लागत अनुमान : करिब १५ अर्ब
⤷ भारतीय कम्पनीबाट नेपाली कम्पनीले स्वामित्व लिएसँगै दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा वित्तीय लगानी जुटेको । यो आयोजनामा लक्ष्मी सन्राइज बैङ्क लिमिटेडको अगुवाइ, एभरेष्ट बैङ्क लिमिटेडको सहअगुवाइ र सानिमा बैङ्क लिमिटेडको सहभागितामा लगानी व्यवस्थापन भएको । विसं २०८२ असोज ५ गते यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको ।

६. लोक सेवा आयोगद्वारा विसं २०८२ असोज ५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार स्थायी रोजगारीका लागि सबैभन्दा बढी उम्मेदवार सिफारिस भएको जिल्ला कुन हो ?

⟶ जुम्ला
⤷ सिफारिस भएका कुल उम्मेदवार ः २५९२ (पुरुष ः १६९०, महिला ः ९०२)
⤷ सबैभन्दा बढी उम्मेदवार सिफारिस हुन सफल पाँच जिल्ला ः जुम्ला (११५), स्याङ्जा (९२), गुल्मी (८०), धनुषा (७२) र काठमाडौँ (७१)
⤷ सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्ला ः सर्लाही (१८,४४२), धनुषा (१५,७८४), बारा (१५,७३७), महोत्तरी (१५,४५२) र रौतहट (१४,७५३)
⤷ सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्ला ः मनाङ (१५), मुस्ताङ (५३), रसुवा (३३४), रुकुमपूर्व (७६६) र डोल्पा (१,०१४)

७. सिंहदरबारको निर्माण कसको पालामा भएको हो ?

⟶ चन्द्रशमशेर
⤷ तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको सिंहदरबार यस पटक समेत गरी दुई चोटि आगोको चपेटामा परेको ।
⤷ पहिलो पटक आगलागी : विसं २०३० असार २५ (प्रधानमन्त्री : कीर्तिनिधि विष्ट)
⤷ दोस्रो पटक आगलागी : विसं २०८२ भदौ २४ (प्रधानमन्त्री : केपी शर्मा ओली)
⤷ जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका । सिंहदरबारमा विभिन्न मन्त्रालयसमेत भएको हुँदा यस आगलागीमा बहुमूल्य सामानदेखि मन्त्रालयका महìवपूर्ण दस्ताबेजहरू जल्न पुगेका ।

८. सन् २०३० सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा गर्ने राष्ट्र कुन हो ?

⟶ आयरल्यान्ड

९. भैरव पुरस्कार २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

⟶ हास्य व्यङ्ग्यकार कृष्ण प्रधान
⤷ पुरस्कार राशि : रु. एक लाख ११ हजार १११
⤷ भैरव वाङ्मय पुरस्कार : चित्र कलाकार हरिप्रसाद शर्मा (राशि : रु. एक लाख ११ हजार १११)
⤷ भैरव प्रतिभा पुरस्कार : विवश पोखरेल (राशि : रु. ५१ हजार १११)

१०. दर्ता भएका ट्रेडमार्क कति अवधिभित्र प्रयोग नगरे खारेज हुने व्यवस्था रहेको छ ?

⟶ एक वर्षभित्र
⤷ ट्रेडमार्क दर्ता गर्ने तर व्यवसाय सञ्चालन नगरी होल्ड गरिराख्ने प्रवृत्ति बढेसँगै सरकारले यससम्बन्धी कानुनलाई कडाइका साथ पालना गराउन लागेको बताएको ।

११. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?

⟶ असोज २
⤷ आदर्श वाक्य (विसं २०८१–२०८५) : ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता

१२. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?

⟶ सेप्टेम्बर ८
⤷ सन् २०२५ को नारा (५९ औँ) : प्रमोटिङ लिट्रेसी इन द डिजिटल इरा (डिजिटल युगमा साक्षरताको प्रवर्धन)

१३. विसं २०८२ मा प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

⟶ रमेश भुषाल (कृति : छालबाटो)
⤷ पद्मश्री साधना सम्मान : रमा शर्मा
⤷ पद्मश्री गौरव पुरस्कार : प्राडा अभिनारायण सुवेदी
⤷ यी पुरस्कारको राशि जनही तीन लाख रुपियाँ रहेको ।

१४. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई पासपोर्ट पु¥याउने लक्ष्य रहेको छ ?

⟶ सन् २०३०

१५. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?

⟶ जापान

१६. नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्षमा निर्वाचित हुन सफल सञ्चारकर्मी को हुन् ?

⟶ निर्मला शर्मा
⤷ नेपाल पत्रकार महासङ्घको झन्डै सात दशकको इतिहासमा पहिलो पटक वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मा अध्यक्ष बन्न सफल महिला सञ्चारकर्मी ।
⤷ महासङ्घको २०८१ मङ्सिर २८ मा सम्पन्न महाधिवेशनले अध्यक्षमा शर्मालाई निर्वाचित गरेको ।
⤷ महासङ्घको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको ।
⤷ महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका ।

१७. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलो पटक कहिले आयोजना गरियो ?

⟶ सन् २०१६ सेप्टेम्बर १९

१८. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

⟶ भदौ २०

१९. सुशासन पुरस्कार, २०८१ कसलाई प्रदान गरियो ?

⟶अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदान गरिने सुशासन पुरस्कार (२०८१) बाट रमेश धमला (कान्तिपुर टिभी), नवराज मैनाली (नयाँ पत्रिका), टपेन्द्र कार्की (नागरिक दैनिक) र सबिता अछामी (नमस्ते खोटाङ डट कम) सम्मानित भएका ।
⤷ आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गरेको ।
⤷· पत्रकारिताका माध्यमबाट भ्रष्टाचार रोकथाम तथा नियन्त्रण र सुशासन प्रवर्धनमा योगदान पुर्‍याएबापत चार पत्रकारलाई सो पुरस्कारबाट सम्मानित गरिएको ।

२०. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

⟶ मोहन कोइराला

२१. सन् २०२५ सेप्टेम्बरमा ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ ?

⟶ सिङ्गापुर
⤷ सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको ।
⤷ सर्वेक्षण अनुसार सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीले राति एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका । यो दर ग्यालपले विश्वभर सङ्कलन गरेका तथ्याङ्कमध्ये उच्चतममा परेको जनाएको ।
⤷ पुरुष र महिलाबिच पनि सुरक्षा अनुभूतिको स्तर झन्डै बराबर देखिएको । साथै ९८ प्रतिशत पुरुष र ९७ प्रतिशत महिलाले राति एक्लै हिँड्दा आफू सुरक्षित महसुस भएको बताएका ।

Reference From https://gorkhapatraonline.com/news/173044

Post a Comment

0 Comments